शाइन रेसङु्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा


बैंक खबर । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ । बैंकको असोज २३ गते मंगलबार बसेको सञ्चालक समितिको २८०औँ बैठकले चुक्ता पुँजीको ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश मध्ये बोनश शेयर १०.५० प्रतिशत र सोको कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुने बैंकले जनाएको छ ।

All financial information at your fingertips.

शेयर गर्नुहोस