सानिमा रिलायन्स लाइफको अभिकर्ता अभिमुखीकरण कार्यक्रम


बैंक खबर । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बिर्तामोड र इटहरी क्षेत्रका अभिकर्ताका लागि अभिमुुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सले तीन सयभन्दा बढी अभिकर्ताका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो । 

कार्यक्रममा इन्स्योरेन्सका डेपुटी सीईओ निराजन कँडेलले कम्पनीको आगामी रणनीति र सुशासनबारे जानकारी गराएका थिए । कम्पनीका वरिष्ठ अधिकारीहरुले अभिकर्ताहरुलाई सीप विकाससम्बन्धी तालीम प्रदान गरेका थिए । 

कार्यक्रममा गत आर्थिक वर्षमा उत्कृष्ट कार्य गरेका अभिकर्ताहरुलाई सम्मान गरिएको इन्स्योरेन्सले जनाएको छ । इन्स्योरेन्सले देशव्यापीरुपमा अभिकर्ता अभिमुुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस