फेरी १७ अर्ब ४६ करोड ऋण लिँदै सरकार


बैंक खबर । सरकारले असोज २२ गते १७ अर्ब ४६करोड रुपैयाँ ऋण उठाउन लागेको छ । सरकारका लागि नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्रीमार्फत सो रकम जुटाउन लागेको हो । 

सरकारका लागि पुरानो ट्रेजरी बिलको रकम भुक्तानी गर्नुपर्ने भएपछि राष्ट्र बैंकले पुरानो नवीकरण अन्तर्गत बिक्री निष्काशन गरेको हो । 
राष्ट्र बैंकका अनुसार ९१ दिन अवधिको ८ अर्ब रुपैयाँ, १८२ दिन अवधिको ६अर्ब ४६करोड रुपैयाँ र ३६४ दिन अवधिको ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणका लागि निष्काशन भएको छ ।

ट्रेजरी बिल असोज २३ गते जारी हुने छ । ट्रेजरी बिल खरिद गर्न इच्छुक खरिदकर्ताले भोली (सोमबार) दिउँसो ३ बजेभित्र बोलकबोल पेस गर्नुपर्नेछ ।

All financial information at your fingertips.

शेयर गर्नुहोस