अनलाइन बेटिङबाट २४ करोड कारोबार गर्ने पक्राउ


बैंक खबर । अनलाइन बेटिङबाट २४ करोड रुपैयाँ बराबरको कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झापा दमक नगरपालिका–१२ घर भएका ३० वर्षीय पिन्टुकुमार साहलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँ मीनभवनका अनुसार इन्टरनेटको दुरुपयोग गरी अनलाइन जुवा, सट्टाबाजीजस्ता अनलाइन खेलहरु खेल्ने र खेलाउने कार्यमा सहभागी भएकाले साह पक्राउ परेका हुन् । नेपाल राष्ट्र बैंकको नियमविपरीत गैरकानुनीरूपमा २४ करोड पन्ध्र लाख १७ हजार एक सय ३८ रुपैयाँ बराबर रकमको कारोबार गर्ने कार्यमा संलग्न रहेको आधारमा साहलाई झापाबाट पक्राउ गरी काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका साहलाई जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौँमा पठाइएको छ ।

All financial information at your fingertips.

शेयर गर्नुहोस