ज्योति विकास बैंकद्वारा क्यूआर अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक


बैंक खबर । ज्योति विकास बैंकद्वारा क्यूआर कोडमार्फत भएको भुक्तानीको जानकारी भ्वाइस मेसेजबाट तत्काल प्राप्त हुने नवीन प्रविधिमा आधारित ‘कोइली क्यूआर अडियो अलर्ट डिभाइस’ सेवा ग्राहकवर्गको लागि सार्वजनिक गरेको छ । बैंकले डिजिटल बैंकिङलाई थप सरल, सहज र सुरक्षित बनाउने उद्देश्यका साथ बैंकको क्यूआर कोड भुक्तानी प्रणालीमा आबद्ध मर्चेन्ट र ग्राहकहरुलाई सहजता प्रदान गर्न सो सेवा सुचारु गरेको हो । 

यस सेवा अन्तर्गत क्यूआर अलर्ट डिभाइसमा रहेको क्यूआर कोडमार्फत कारोबार गरेपछि मर्चेन्ट तथा ग्राहकहरुले भुक्तानी सफलतापूर्वक भएको सूचना तत्काल भ्वाइस मेसेजमार्फत प्राप्त गर्नेछन् । 

यो सेवाले भुक्तानीको तत्काल प्रमाणिकरण गरी व्यवसायी तथा ग्राहकहरुबीच डिजिटल भुक्तानीमा विश्वसनीयता कायम गर्न मद्दत गर्ने विश्वास बैंकले लिएको छ । सँधै यो प्रविधिले व्यवसायी तथा ग्राहकवर्गको मोबाइल फोनमा भुक्तानी प्राप्त गरेको मेसेजका निम्ति कुर्नुपर्ने समयको पनि बचत हुनेछ । बैंकले यो सेवा बिट्स क्राफ्ट प्रा.लि.सँगको सहकार्यमा ल्याएको हो । 

आफ्नो कारोबारको सरल र सुरक्षित व्यवस्थापनका लागि यो सेवा लिन चाहने व्यवसायीहरुले ज्योति विकास बैंकको सम्पूर्ण १२१ शाखामार्फत तोकेको आवेदन दिई उक्त सुविधा प्राप्त गर्न सक्नेछन् । 

बैंकले देशका विभिन्न स्थानहरुमा व्यवसायीहरुलाई प्रदान गरेको क्यूआर कोड सेवाले आम ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्नुका साथै डिजिटल बैंकिङलाई थप प्रवद्र्धन गर्दै देशभरी क्यूआर कोड वितरण र डिजिटल भुक्तानी सेवा विस्तारित गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । 

ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस