कामना सेवा विकास बैंक र मल्पी इन्टरनेशनल कलेजबीच सम्झौता


बैंक खबर । कामना सेवा विकास बैंकले काठमाडौंको नारायण गोपालचोक चक्रपथ स्थित मल्पी इन्टरनेशनल कलेजसँग शिक्षण शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । असोज १९ गते, शुक्रबार बैंक र कलेजबीच सम्झौता भएको हो ।

सम्झौता अनुसार बैंकका कर्मचारी र कर्मचारी परिवारका सदस्यहरूलाई ४ वर्षको भर्ना र सेमेस्टर शिक्षण शुल्कमा २० प्रतिशत छुट प्रदान गर्नेछ । यस्तै बैंकका ग्राहकहरूलाई भर्ना र सेमेस्टर शिक्षण शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

All financial information at your fingertips.

शेयर गर्नुहोस