शेयर धितो कर्जामा १२ करोडको सीमा बढ्यो


बैंक खबर । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा बढाएको छ। राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गर्दै व्यक्तिगत शेयर धितो कर्जाको सीमा १५ कराड रुपैयाँ पुर्याएको छ । संस्थागत लगानीकर्ताले लिने शेयर धितो कर्जाको सीमा २० करोड रुपैयाँ पुर्याएको छ।

परिपत्रमा भनिएको छ ‘कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल रु १५ करोड कायम गरिएको छ । धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि यस्तो कर्जाको अधिकतम सीमा रु २० करोड कायम गरिएको छ ।’ 

All financial information at your fingertips.

शेयर गर्नुहोस