कर्पोरेट कार्यालय भवन बनाउन एनएमबि बैंकले १ अर्ब २१ करोडको जग्गा किन्ने


बैंक खबर । एनएमबि बैंकले कर्पोरेट कार्यालय भवन निर्माण गर्न काठमाडौंमा १ अर्ब २१ करोड ३९ लाख ६८ हजार ७५० रुपैयाँको जग्गा किन्ने भएको छ । 

बैंकको सञ्चालक समितिले काठमाडौं महानगरपालिका वडा नं. १ मा जग्गा खरिद गर्ने निर्णय गरेको हो । बैंकले कुल क्षेत्रफल १०५ दशमलव ५६२५ आना जग्गा तथा सोमा रहेको संरचना समेत खरिद गर्न लागेको हो ।

सञ्चालक समितिले बैंकको नाममा जग्गा नामसारी तथा खाखिल भएपछि सो रकम भुक्तानी गर्ने निर्णय गरेको बैंकले जनाएको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस