ग्लोबल आइएमई बैंकको क्यास ब्याक अफर


बैंक खबर । ग्लोबल आइएमई बैंकले क्रेडिट कार्ड प्रयोगकर्तालाई पहिलो कारोबारमा २५ प्रतिशत क्यास ब्याक दिने अफर सार्वजनिक गरेको छ । बैंकले क्रेडिट कार्डमार्फत पहिलो कारोबार गर्ने ग्राहकले २५ प्रतिशत अथवा ५०० रुपैयाँसम्म क्यासब्याक दिने भएको हो । 

बैंकले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ यस्तो अफर ल्याएको जनाएको छ । कात्तिक ३ गते सम्म चल्ने यस अभियानअन्तर्गत क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकको सक्रियता र संलग्नता वृद्धि गर्ने योजना रहेको बैंकले जानाएको छ । 

बैंकले ३५० शाखा कार्यालय, ३६८ एटीएम, ३२२ शाखा रहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वैदेशिक प्रतिनिधि कार्यालय बाट बैंकिङ सेवा प्रदान गरिरहेको जनाएको छ । 

All financial information at your fingeritps.

शेयर गर्नुहोस