मोहर डिजिटल प्रालिको अनुमतिपत्र खारेज


बैंक खबर । नेपाल राष्ट्र बैंकले मोहर डिजिटल प्रालिको अनुमतिपत्र खारेज गरेको छ । बैंकले सूचना जारी गरेर सो कम्पनीको अनुमतिपत्र खारेज भएको जानकारी गराएको हो । 

सूचना भनिएको छ ‘यस बैंकबाट भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्ने गरी मिति २०७६/०६/३० मा अनुमतिपत्रप्राप्त मोहर डिजिटल प्रा.लि. ले भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा ३६ को खण्ड (छ) र (ज) बमोजिमको कसुर गरेको देखिएकोले भुक्तानी तथा फस्र्यौट विनियमावली (प्रथम संशोधन, २०८०), २०७७ को विनियम ३५ कोखण्ड (ग) को व्यवस्था बमोजिम उक्त संस्थाको अनुमतिपत्र खारेज गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरुको प्रयोग गर्ने ग्राहकहरुसँगको कुनै दायित्व बाँकी रहे सम्बन्धित संस्थामा सम्पर्क गर्नुहुन समेत यसै सूचनाद्वारा अनुरोध गरिन्छ ।’
 

All financial information at your fingertips.

शेयर गर्नुहोस