दशैँमा प्रतिव्यक्ति साढे १८ हजार रुपैयाँसम्म नयाँ नोट सटही गर्न पाइने


बैंक खबर । नेपाल राष्ट्र बैंकले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी यसवर्ष पनि नयाँ नोट सटहीको व्यवस्था मिलाउने भएको छ । राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँका दरले सटही सुविधा दिने भएको छ । 

राष्ट्र बैंकले पाँच रुपैयाँ देखि एक सय रुपैयाँसम्म एक÷एक बन्डल सटही सुविधा दिने भएको हो । बैंक तथा वित्तीय संस्थालाई भने ग्राहकको संख्या र संस्थाको मागअनुसार नयाँ नोट उपलब्ध गराउने तयारी भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय र बैंक तथा वित्तीय संस्थाबाट नोट सटहीको सुविधा दिइने जनाएको छ । राष्ट्र बैंकले घटस्थापनाको दिनदेखि नयाँ नोट सटही सुविधा उपलबध गराउनेगरी तयारी गरिरहेको जनाएको छ । 


 

All financial information at your fingertips.

शेयर गर्नुहोस