नेपाल पुनर्बीमा कम्पनीको १० लाख कित्ता संस्थापक सेयर विक्रीमा 


बैंक खबर । नेपाल पुनर्बीमा कम्पनीको १० लाख कित्ता संस्थापक सेयर विक्रीमा आएको छ । विशाल ग्रुपको स्वामित्वमा रहेको सो सेयर प्रतिकित्ता ३३५ रूपैयाँमा विक्रीमा आएको हो ।

सेयर खरीद गर्न चाहने विद्यमान संस्थापक शेयरधनी वा व्यक्ति तथा कम्पनीहरूले असोज १४ गते कार्यालय समयभित्र कम्पनीको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलमा आवेदन दिनुपर्नेछ । 

सेयर खरिद गर्न इच्छुक खरिदकर्ताले आवेदन पेश गर्दा तोकिएको मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरी न्यूनतम १० हजार र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । सेयर प्राप्त गर्ने सेयरधनीले असोज ८ गतेपछि कम्पनीबाट घोषणा हुने लाभांश तथा हकप्रदा सेयर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

All financial information at your fingertips.

शेयर गर्नुहोस