सानिमा बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा छुट


बैंक खबर । सानिमा बैंकका ग्राहकले पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा छुट पाउने भएका छन् । बैंले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानी गर्दा पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा छुट हुने व्यवस्था गरेको छ । 

बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार ग्राहकले सानिमा बैंकले जारी गरेको भिसा डेबिट÷क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्नेछन् । बैंकका अनुसार ग्राहकले ओपिडीआइपिडी तथा बेड सम्बन्धी शुल्कहरुमा १३ प्रतिशत, औषधीमा ७ प्रतिशत र सर्जरी शुल्कमा ५ प्रतिशत छुट पाउनेछन् ।

सानिमा बैंकले देशको सातै प्रदेशमा १३२ वटा शाखा कार्यालयहरु तथा १२३ वटा एटिएममार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस