सिटिजन्स बैंकले घोषणा गर्यो नगद लाभांश


बैंक खबर । सिटिजन्स बैंकले गत आर्थिक वर्षको मुनाफाबाट नगद लाभांश घोषणा गरेको छ । बैंकको भदौ ३१ गते बिहान बसेको सञ्चालक समितिको ४२८औँ बैठकले आर्थिक वर्ष २०७९/८०को नाफाबाट ५.७९ प्रतिशतले हुने ८२ करोड २१ लाख ६१ हजार छ सय ५२ रुपैयाँ ९६ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ । 
 

All finanical information at your fingeritps.

शेयर गर्नुहोस