एनआईसी एशिया बैंकले ३०.५२६३ प्रतिशत लाभांश दिने


बैंक खबर । एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७९/८०को मुनाफाबाट ३०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको भदौ २८गते सम्पन्न सञ्चालक समितिको ६२९औँ बैठकले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको ३०.५२६३ प्रतिशत लाभांश (३ अर्ब ५३ करोड ६४ हजार ७ सय ९६ रुपैयाँ) वितरण गर्ने प्रस्ताव गरेको छ । 

प्रस्तावित लाभांशमध्ये २९ प्रतिशत बोनश सेयर (३ अर्ब ३५ करोड ३५लाख ६१ हजार ५ सय ५६ रुपैयाँ) र १.५२६३प्रतिशत नगद लाभांश (१७ करोड ६५लाख ३ हजार २ सय ४० रुपैयाँ) कर प्रयोजनार्थ प्रदान गर्ने निर्णय गरेको बैंकले जनाएको छ । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी २६औँ वार्षिक साधारण सभाको स्वीकृत पश्चात् आवश्यक नियमनकारी प्रक्रिया पूरा गरी बैंकका सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ ।

बैंकले मुलुकभर ३६० शाखाकार्यालयहरू, ६०८ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहितशाखा सञ्जालमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस