दुई हजार विन्दुमाथि उक्लियो सेयरबजार


बैंक खबर । सेयरबजार परिसूचक नेप्से दुई हजार विन्दु भन्दामाथि उक्लिएको छ । बुधबार नेप्से परिसूचक ३९ दशमलव ४८ अंकले बढेर २००७.०६ विन्दुमा कायम भएको छ । 

एक अर्ब ४९ करोड ५५लाख रुपैयाँ बराबरको ५१ लाख ४४ हजार सात सय २४ कित्ता सेयर किनबेच भएको छ । 

कारोबारमा आएका २२८ कम्पनीको सेयरमध्ये २१३ वटाको मूल्य बढेको छ । ११ वटा कम्पनीका सेयरधनीले गुमाएका छन भने ४ वटाको सेयरमूल्य स्थिर रहेको छ । 

कारोबारमा आएका सबै उपसमूह बढेका छन् । सबैभन्दा धेरै जलविद्युत समूह ३.६२ प्रतिशतले बढेको छ । त्यसपछि फाइनान्स समूह ३.२० प्रतिशतले बढेको छ । 

बरुण हाइड्रोपावर र शुभम् पावरको सेयरकारोबार सकारात्मक सर्किट लेभलमा भएको छ । थ्रीस्टार हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै ८ प्रतिशतले घटेको छ । एनआईसी एशिया बैंकको सर्वाधिक ७ करोड ९३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस