मेरो माइक्रोफाइनान्सको अध्यक्षमा खत्री चयन


बैंक खबर । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सुमितबाबु खत्री चयन भएका छन् । बिहीबार बसेको संस्थाको सञ्चालक समितीको १४५ औँ बैठकबाट सिटिजन्स बैंक इन्टरनेसनलको प्रतिनिधि समेत रहेका खत्री अध्यक्षमा चयन भएका हुन् । 

यसअघि अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका प्राइम कमर्सियल बैंकका प्रतिनिधि सन्जिब मानन्धर बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएपछि माइक्रोफाइनान्सको सञ्चालकबाट हटेका थिए । अहिले प्राइम कमर्सियल बैंकले नेपालभुषण श्रेष्ठलाई प्रतिनिधिको रुपमा बैठकमा पठाएको छ । सञ्चालक श्रेष्ठ प्राइम कमर्सियल बैंक लिमिटेडका सहायक महाप्रबन्धक हुन् । 

All financial information at your fignertips.

शेयर गर्नुहोस