प्राइम कमर्सियल बैंकको सीईओमा संजीव मानन्धर नियुक्त


बैंक खबर । प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा संजीव मानन्धर नियुक्त भएका छन् । 

बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले मानन्धरलाई सीईओ नियुक्त गरेको हो। मानन्धर प्राइम बैंक स्थापना भएदेखि नै महाप्रबन्धकको रुपमा काम गर्दै आएका थिए । यसअघि मानन्धर बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको भुमिकामा थिए ।

मानन्धरले शुक्रबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मानन्धरसँग बैंकिङ क्षेत्रमा झण्डै ३० वर्ष काम गरेको अनुभव छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस