कुमारी बैंकको ३५८४ कित्ता संस्थापक सेयर बिक्रीमा


बैंक खबर । कुमारी बैंकले गिताराम थापा मगरको नाममा रहेको एक हजार ५ सय १५ कित्ता र सीतादेवी पुलामीको नाममा रहेको २ हजार ६९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले यो सेयर विद्यमान संस्थापक सेयरधनीले किन्न पाउनेगरी बिक्रीमा ल्याएको हो । 

बैंकले जारी गरेको सूचनामा बिक्री गर्न प्रस्ताव गरिएको संस्थापक सेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुमा रहने भएकोले उक्त सेयर खरिद गर्न इच्टुक विद्यमान संस्थापक सेयरधनीस्हरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेडको कार्यालय नक्सालमा निवेदन दिनुपर्ने उल्लेख छ । 

सूचना हेर्नुहोस्

All financial information at your fingeritps.

शेयर गर्नुहोस