हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा


बीमा खबर । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले ६७ हजार ४ सय ८१ कित्ता संस्थापक सेयर संस्थापक सेयरधनीहरुको लागि बिक्रीमा लयाएको छ । इन्स्योरेन्सले संस्थापक सेयरधनी पृथ्वीबहादुर पाँडेको नाममा रहेको सो सेयर बिक्रीमा ल्याएको हो । 

इन्स्योरेन्सले जारी गरेको सूचनामा सेयर किन्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले न्यूनतम प्रतिकित्ता दुई सय नघट्नेगरी उक्त संस्थापक सेयर खरीद गर्न सक्नेछन् । सेयर खरिदका लागि आफूले खरिद गर्न चाहेको प्रतिकित्ता मूल्य उल्लेख गरी आवश्यक कागजातहरु सहित यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको थापागाउँ स्थित कार्यालयको सेयर विभागमा निवेदन दिनुपर्छ । 
 

सूचना हेर्नुहोस्


All financial inforamtion at your fingertips.

शेयर गर्नुहोस