कर्पोरेट डेभलपमेन्ट बैंकको कामु सीईओमा पोखरेल


बैंक खबर । कर्पोरेट डेभलपमेन्ट बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा बिपिनराज पोखरेल नियुक्त भएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत त्रिलोकध्वज जोशीले राजीनामा दिएपछि बैंक सञ्चालक समितिले नायब प्रमुख कार्यकारी अधिकृत बिपिनराज पोखरेललाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । 

बैंकको सञ्चालक समितिको साउन २५ गते बसेको बैठकले जोशीको राजनीमा स्वीकृत गरी पोखरेललाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको बैंकले जनाएको छ ।

All financial information at your fignertips.

शेयर गर्नुहोस