ग्लोबल आइएमई बैंकका ग्राहकले दराजबाट एक रुपैयाँमा सामसुङ ग्यालेक्सी एम ४ मोबाइल जित्न सक्ने


बैंक खबर । ग्लोबल आइएमई बैंकले दराजबाट एक रुपैयाँमा सामसुङ ग्यालेक्सी एम ०४ मोबाइल फोन जित्नसक्ने योजना ल्याएको छ । बैंकले अनलाइन सपिङ प्लाटफर्म दराजमा बैंकको भिजा डेबिटक्रेडिट कार्डको प्रयोग गरी भुत्तानी गर्नेहरुमध्येबाट भाग्यशाली एक जनालाई १ रुपैयाँमा सो फोन दिने भएको हो । 

बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना २०७९ चैत ५ गतेदेखि लागू भई चैत ११ गतेसम्म कुल ७ दिनका लागि रहने जनाएको छ । 

बैंकले अनलाइन कार्ड भुक्तानी (इ कमर्श)लाई प्रवद्र्धन गर्ने उद्देश्यले यो योजना ल्याएको जनाएको छ । 

बैंकले देशभर ३६४ शाखा कार्यालय, ३६३ एटीएम काउन्टर, ३२१ शाखा रहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रनिनिधि कार्यालयमार्फत बैंकिङ सेवा दिँदै आएको छ । 
 

All banking information at your fingertips.

 

शेयर गर्नुहोस