शिखर इन्स्योरेन्सका अध्यक्ष अग्रवालले लिए पद तथा गोपनियताको सपथ


बीमा खबर । शिखर इन्स्योरेन्स कम्पनीका अध्यक्ष गौरव अग्रवालले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । साउन १९ गते इन्स्योरेन्सको अध्यक्षमा नियुक्त भएका अग्रवाललाई आइतबार कुपन्डोलस्थित बीमा प्राधिकरणको कार्यालयमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सपथ ग्रहण गराएका हुन् । 

सो अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल र इन्स्योरेन्सका सीईओ दिपप्रकाश पाण्डेको उपस्थिति रहेको थियो । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस