ज्योति विकास बैंकद्वारा विभिन्न कार्यक्रम सम्पन्न


बैंक खबर । ज्योति विकास बैंकले बैंकको १५औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत देशभरिका विभिन्न शाखाकार्यालय तथा केन्द्रीय कार्यालयबाट संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु आयोजना गरेको छ । वातावरण, स्वास्थ्य, सशक्तिकरणलगायतका विभिन्न क्षेत्रहरुमा सहयोग पुर्याउने हेतुले उक्तकार्यहरु गरिएको बैंकले जनाएको छ । 

शारीरिक तवरले फरक क्षमता भएका बालबालिकाहरुकालागि कृत्रिम हात प्रदान गर्न Enable Nepal सँग सहकार्य गर्न बैंकले सम्झौता गरेको छ । सो संस्थासँगको सहकार्यमा बैंकले १५ जना बालबालिकाहरुलाई 3D Printed Prosthetic Hands पर्दान गर्नेछ । यी हातले बालबालिकलाई दैनिक जीवनका सामान्य कामहरु गर्न मद्दत पुर्याउने छ र समान अवसर प्राप्ति गरी जीवन गुणस्तर परिवर्तनमा सहयोग हुनेछ । ज्योति विकास बैंककातर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा Enable Nepalका अध्यक्ष सुरेन्द्र श्रेष्ठले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

यस्तै विगत ३३ वर्षदेखि जनस्वास्थ्य सरोकारका कार्यक्रम र सेवा सञ्चालन गर्दै आएको Phect Nepal सँगको सहकार्यमा बैंकले १५ विभिन्न ठाउँहरुमा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुको आयोजना गर्न सम्झौता गरेको छ । Phect Nepal को प्राविधिक सहयोगमा स्वस्थ जीवनयापनको सचेतना मूलक कार्यक्रमदेखि निःशुल्क स्वास्थ्य शिविर जस्ता  विभिन्न कार्यक्रमहरु बैंकले गर्ने प्रतिबद्धता सहितको सम्झौता गरेको छ । बैंकका प्रमुखकार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा Phect Nepal का कार्यकारी निर्देशक गौरी प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

वार्षिकोत्सवको अवसरमा बैंकको धनगढी शाखाले हरियाली प्रवर्द्धनको लागि वृक्षारोपण कार्यक्रमको पनि आयोजना गरेको छ । धनगढी उप–महानगरपालिकासँगको समन्वयमा बैंकले वृक्षारोपण गरेको हो । वार्षिकोत्सवको अवसरमा बैंकको मुर्गिया शाखाले सैनामैना नगरपालिकको वडा नं ५, ६ र ७ का सार्वजनिक स्थानहरुकालागि ५० थान डस्टबिन वितरण गरेको छ । स्वच्छ र सफा समुदायको लागि बैंकको मुर्गिया शाखाको सक्रियतामा उक्त कार्यक्रम गरिएको हो ।

बैंकको हसुलिया शाखा र केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम पनि गरिएको थियो । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा यी दुई स्थानमा रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा ग्राहकवर्ग, कर्मचारी लगायत स्थानीय बासिन्दाहरुको सहभागीता रहेको थियो । करिब ७५ जनाले उक्त कार्यक्रममा रक्तदान गरेका थिए ।

वार्षिकोत्सवमा बैंकले लमजुङस्थित अपाङ्ग संरक्षण समाजसँगको साझेदारीमा अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न सहायता सामाग्रीहरु प्रदान गरेको छ । बेसी शहर शाखा कार्यालयमा वार्षिकोत्सव कार्यक्रमको अवसरमा बैंकले उक्त सहायता सामाग्रीहरु वितरण गरेको हो ।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाज प्रति उत्तरदायी बनेको बैंकले नागरिकको सर्वोत्तमहित सदा उच्च प्राथमिकतामा राखेको जनाएको छ । संस्थागत शुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हकहितमा योगदान पुर्याउन ज्योति विकास बैंक सदैव प्रतिवद्ध रहेको जनाएको छ ।

ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत सेवा उपलब्ध गराउदै आइरहेको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस