प्रभु बैंक र पिजफाइर रेष्टुरेन्टबीच सम्झौता


बैंक खबर । प्रभु बैंक र न्यू प्लाजा, पुतलीसडक स्थित पिजफाइर रेष्टुरेन्टबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतपत्रमा बैंकका तर्फबाट वरिष्ठ बजार व्यवस्थापक शेखरराज वस्ताकोटी र पिजफाइर रेष्टुरेन्टका तर्फबाट कार्यकारी निर्देशक तथा प्रोप्राइटर महेश खत्रीले हस्ताक्षर गरेका छन् ।

प्रभु बैंक र उक्त रेष्टुरेन्टबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरु तथा बैंकका सम्पूर्ण कर्मचारीहरुले पिजफाइर रेष्टुरेन्टद्वारा प्रदान गरिने ‘फुड’ र ‘वेभरेज’ सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

सम्झौता अन्तर्गत पिजफाइर रेष्टुरेन्टमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको क्यूआरकोड डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, पिजफाइर रेष्टुरेन्टमा विशेष ग्राह्यता प्रदान गरिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

All financial information at your gingertips.

शेयर गर्नुहोस