राष्ट्र बैंकले घटायो कर्जा विस्तारको लक्ष्य


बैंक खबर । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि कर्जा विस्तारको लक्ष्य गत आर्थिक वर्षको तुलनामा घटाएको छ । आर्थिक मन्दीका कारण कर्जाको माग नभएपछि राष्ट्र बैंकले यस आर्थिक वर्षका लागि कर्जा विस्तारको लक्ष्य घटाएको हो । 

मौद्रिक नीतिमार्फत आर्थिक वर्ष २०८०/८१ मा विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जा ११.५ प्रतिशतसम्मले वृद्धि हुने लक्ष्य निर्धारण गरेको छ । 

गत आर्थिक वर्षमा १२.६ प्रतिशतको कर्जा विस्तार हुने प्रक्षेपण गरिएपनि निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जा ३ प्रतिशत हाराहारी मात्रै छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस