तपाई बीमा गर्दै हुनुहुन्छ भने यी विषयमा ध्यान दिनुहोस्


बीमा खबर ।  बिमितले बीमा गर्दा विभिन्न कुराहरुमा ध्यान दिनुपर्दछ । कुरा नबुझी बीमा गर्दा विभिन्न झमेलाहरु बेहोर्नुपर्ने हुन्छ । बिमितले बीमा गर्न निम्न कुराहरुमा ध्यान दिनुपर्दछ । 

  • के कति आवश्यकताले बीमा गर्न खेजिएको हो र बीमा गरेपछि उक्त उद्देश्य पूरा हुन्छ कि हुँदैन विश्लेषण गरी सो बारेमा प्रस्ट हुनुपर्दछ । 
  • बीमालेखमा इच्छाएको व्यक्तिको बारेमा प्रस्ट ढंगले उल्लेख गर्नुपर्दछ । 
  • कुनै जोखिम सबैमा बढी सम्भाव्य (तर अनिश्चित प्रकृति विद्यमान भएको) छ र बीमा पश्चात सो जोखिम सुरक्षण हुन्छ हुँदैन सोको बारेमा पूर्ण जानकारी हुनुपर्दछ ।
  • बीमा गर्दा बीमाको विषयवस्तुसँग सम्बन्धित हुने तथ्यहरु लुकाउनु हुँदैन । यदि तथ्यहरु लुकाइएको छ भने बिमकले क्षतिपूर्ति प्रदान गर्दैन । 
  • बीमा गर्दा बीमा शुल्क तिर्न सकिन्छ कि सकिदैन सो बारेमा पनि धयान पु¥याउनु पर्दछ । 
  • बीमा गरिसेकपछि बीमालेखमा उल्लिखित सम्पूर्ण विवरण, सर्त, सुविधा र अन्य प्रावधानहरु होसियारीपूर्वक पढ्नुपर्दछ । यदि आफूले चाहे बमोजि भएको रहेनछ भने सम्बन्धित विमकलाई सम्पर्क राख्नुपर्दछ । 
  • बीमा शुल्क बुझाउँदा, प्रस्ताव फर्म भर्दा सहयोग लिइने व्यक्ति (बीमा अभिकर्ता) बीमा समितिबाट आधिकारिक रुपमा इजाजत पाएको हो होइन सो हेरेर मात्र निजलाई विश्वास गर्नुपर्दछ । 
  • बीमा गरिएको व्यहोरा घरमा पारिवारिक सदस्यलाई जानकारी गराउनुपर्दछ । कम्तीमा इच्छाइएको व्यक्तिलाई जानकारी गराउनुपर्दछ । 
  • बीमालेख नवीकरण मिति ख्याल गरी यथासमयमा नवीकरण बीमशुलक भुक्तानी गर्नुपर्दछ । 
  • बीमा सम्बन्धी सम्पूर्ण कागजातहरु जस्तै बीमालेख, नगद बुझाएको रसिद आदि एउटै फाइलमा फाइलिङ गरी घरजग्गाको लालपूर्जा जस्तै सुरक्षित राख्नुपर्दछ ।

All banking information at your fingertips.

शेयर गर्नुहोस