निफ्राको नाफा करिब ४३ प्रतिशत बढ्यो, ईपीएस ६ रुपैयाँ ७६ पैसा


बैंक खबर । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले गत आर्थिक वर्ष २०७९/८०को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको ब्याज आम्दानी बढेसँगै नाफामा पनि उल्लेख्य सुधार भएको छ । 

बैंकले कुल १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४२.७१ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७८/७९मा बैंकले कुल १ अर्ब २ करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो । 

बैंकको खुद ब्याज आम्दानी ४४.७५ प्रतिशतले बढेपछि नाफा बढेको हो । यो अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी पनि १३६.३७ प्रतिशतले बढेको छ । 

बैंकको वितरण योग्य मुनाफा १ अर्ब ५ करोड ४९ लाख रुपैयाँ रहेको छ । 

२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंको जगेडा कोषमा २ अर्ब २८ करोड रुपैयाँ सञ्चित छ । 

बैंकको प्रति शेयर आम्दानी ६ रुपैयाँ ७६ पैसा, प्रति शेयर कुल सम्पत्तिको मूल्य १२९ रुपैयाँ ५९ पैसा, मूल्य आम्दानी अनुपात ३३.१६ गुणा, तरलता अनुपात ५१७.९४ प्रतिशत, प्रति शेयर नेटवर्थ ११० रुपैयाँ ५७ पैसा रहेको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस