नबिल बैंक उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डबाट सम्मानित


बैंक खबर । नेपाल चार्टर्ड अकाउन्टेन्ट्स संस्थाले नबिल बैंकलाई ‘राष्ट्रिय उतकृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२’ बाट सम्मान गरेको छ । चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आर्थिक वर्ष २०२१/२२ को वार्षिक प्रतिवेदनका आधारमा सो अवार्ड प्रदान गरेको हो । संस्थाले बैंकको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको हो । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई सो अवार्ड हस्तान्तरण गरेका छन् । 

अवार्ड जितेसँगै बैंकको वार्षिक प्रतिवेदन नेपालका तर्फबाट साउथ एशियन फेडेरेसन अफ एकाउन्ट्यान्ट्स (साफा)ले दक्षिण एशियालीस्तरमा गर्ने साफा बीपीए अवार्डका लागि प्रतिस्पर्धा गर्न समेत मनोनित हुनेछ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस