थप ११ कम्पनीले पाए स्टक ब्रोकर लाइसेन्स


बैंक खबर । नेपाल धितोपत्र बोर्डले थप ११ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स विरतरण गरेको छ । बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले आवश्यक पूर्वाधार तयार गरेका कम्पनीहरुलाई लाइसेन्स दिइएको जानकारी गराएका छन् । 

लाइसेन्स पाउनेमा मिल्की वे सेयर ब्रोकर कम्पनी, क्यापिटल हव, आकाश भैरव सेक्युरिटिज, पाही इन्भेष्टमेन्ट, एसपीएसए सेक्युरिटिज, एनएमबि सेक्यूरिटिज, सानिमा सेक्यूरिटिज, स्टक्स्कार्टस् सेक्युरिटिज, इन्दिरा सेक्युरिटिज, ब्लु चिप सेक्युरिटिज र गरिमा सेक्युरिटिज रहेका छन् । यसअघि बोर्डले पहिलो र दोश्रो चरण गरी कूल १८ वटा कम्पनीलाई लाइसेन्स प्रदान गरेको थियो । तेस्रो चरणामा लाइसेन्स वितरणसँचै नयाँ ब्रोकर लाइसेन्स प्राप्त गर्नेको संख्या २९ पुगेको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस