बजेटको लक्ष्य अनुसार नै मौद्रिक नीति आउँछ – गभर्नर अधिकारी


बैंक खबर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटले लिएको लक्ष्य अनुसार नै मौद्रिक नीति आउने बताएका छन् । प्रतिनिधि सभाको अर्थसमितिको बिहीबारको बैठकमा उपस्थित गभर्नर अधिकारीले सरकारले बजेटमार्फत लिएको आर्थिक वृद्धि हासिल गर्ने गरी नै मौद्रिक नीति आउने बताएका हुन् । 

आर्थिक वृद्धिसँगै मूल्यवृद्धि र बाह्य क्षेत्रका सम्बन्धमा बजेटको लक्ष्य अनु?प नै चालु आर्थिक वर्षको मौद्रिक नीति आउने बताएका हुन् । 

अहिले बाह्य क्षेत्रको दबाब हटेर सन्तुलित अवस्थामा रहेको, ब्याजदर घट्दै गएको, वित्तीय प्रणालीमा तरलता सहज भएको बताए । तर मूल्यवृद्धि नियन्त्रणमा आउन नसकेको, सञ्चित कोष घाटामा रहेको र कर्जाको माग घटेर गएकाले अर्थतन्त्रमा दबाब परेको बताए । 

उनले अर्थतन्त्रमा देखिएका सबै समस्या समाधान गर्ने उपकरण मौद्रिक नीतिसँग नहुने पनि प्रस्ट पारेका छन् । तर जति उपकरण छन ति सबै प्रयोग हुने बताए , उनले आगामी हप्ता मौद्रिक नीति जारी गर्ने तयारी भइरहेको पनि जानकारी दिए । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस