सांग्रिला डेभलपमेन्टका बैंकका सीइओ सुयोग श्रेष्ठ डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्ष चयन


बैंक खबर । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुयोग श्रेष्ठ निर्वाचित भएका छन् । शुक्रबार चितवनमा सम्पन्न एसोसिएसनको १७ औं वार्षिक साधारणसभाले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । 

साधारणसभाले श्रेष्ठसहित अन्य नयाँ कार्यसमिति पनि चयन गरेको छ । उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका बोधराज देवकोटा, सचिवमा सिन्धु विकास बैंकका रामकुमार गिरी र कोषाध्यक्षमा लुम्बिनी विकास बैंकका नरेशसिंह बोहरा चुनिएका छन् । 

सदस्यमा साइन रेसुंगा डेभलपमेन्टका प्रकाश पौडेल, ज्योति विकास बैंकका श्रीचन्द्र भट्ट र एक्सल डेभलपमेन्टका इन्द्र कट्टेल निर्वाचित भएका छन् । 
 

All banking information at your fingertips

शेयर गर्नुहोस