मल्टीपर्पस फाइनान्सले हकप्रद शेयर निष्काशनका लागि साउन १२ गते बुकक्लोज गर्ने


बैंक खबर । मल्टीपर्पस फाइनान्सले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि साउन १२ गते एक दिन शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । यससँगै साउन ११ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई शेयर खरिद गर्ने शेयरधनीहरुले हकप्रद शेयरका लागि दरखास्त दिन सक्नेछन् । 

फाइनान्सले २०७९ पुस ३० गते बसेको २५ औँ वार्षिक साधारणसभाबाट १ः०.३५ अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस