कृषि विकास बैंकको भिजा कार्डहरु मोबाइलमा लिंक गरी कारोबार गर्न सकिने


बैंक खबर । कृषि विकास बैंकले जारी गरेका भिजाकार्डहरु मोबाइलमा लिंक गरी सजिलै भुक्तानी सेवा लिन सकिने भएको छ । 

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र फोकस वान पेमेण्ट सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीबीच फोकसवान पेमेण्ट सोलुसन्सको मोको डिजिटलमार्फत युटिलिटी पेमेन्ट, रिचार्ज कार्ड, क्यूआर कोर्डमार्फत पसलमा भुक्तानी तथा ब्यवसायिक भुक्तानी सेवालाई सहज बनाउने सम्बन्धमा सहकार्य गर्न सम्झौता भएको हो ।

यो सेवा लागु भएपछि कृषि विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकले आफनो कार्ड फोकसवान पेमेण्ट सोलुसन्सको मोको डिजिटल एपलाई मोबाइलमा डाउनलोड गरी युजर बन्न सकिने र आफनो कार्डको आवश्यक विवरण प्रविष्ट गरी सकेपछि सम्बन्धित कार्ड बाहक ग्राहकले भौतिक कार्ड विना नै सो एपमार्फत युटिलिटी पेमेन्ट, रिचार्ज कार्ड, क्यूआरकोर्ड मार्फत सार्वजनिक सेवा वापतको भुक्तानी र व्यवसायिक ग्राहकबाट खरीद गरेको बस्तु तथा सेवा वापत भुक्तानी आफनो मोवाइलबाट सहजै गर्न सक्नेछन् । 

ग्राहकले आफनो खातामा भएको मौज्दात रकमबाट मोको डिजिटल वालेटको एप मार्फतमा सम्बन्धित पक्षको खातामा भुक्तानी÷जम्मा हुने भएकोले यो सेवा ग्राहक मैत्री रहेको बैकले जनाएको छ । 

यो सेवा सञ्चालन पछि बैकको भुक्तानी सेवाको दायरा फराकिलो हुनुका साथै ग्राहकको चाहना अनुसारको सेवा विस्तार भएको बैंकका प्रमुख कार्यकारी अधिकृत गुरुङले बताए ।
 

All financial information at your fingertips.

शेयर गर्नुहोस