सांग्रिला बैंकद्वारा ट्राफिक प्रहरीलाई ज्याकेट सहयोग


बैंक खबर । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरीलाई फ्लोरसेन्ट ज्याकेट सहयोग गरेको छ । साउन ३ गते मालीगाँउ, काठमाडौंस्थित ट्राफिक प्रहरी वृतलाई फ्लोरसेन्ट ज्याकेट हस्तान्तण गरेको बैंकले जनाएको छ  । 

ट्राफिक व्यवस्थापनमा सहयोग पुगोस भन्ने उद्देश्यले ट्राफिक प्रहरी वृतलाई फ्लोरसेन्ट ज्याकेट प्रदान गरिएको बैंकले जनाएको छ । ट्राफिक प्रहरीलाई फ्लोरसेन्ट ज्याकेट हस्तान्तरण बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशीले गरेका हुन् । सो अवसरमा जोशीले बैंकले गरेको यो सहयोगका कारण ट्राफिक प्रहरीलाई प्रभावकारी सेवा दिन सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

ट्राफिक प्रहरी वृत, मालीगाँउका प्रहरी निरीक्षक सागर घलेले बैंकको सहयोगले ट्राफिक प्रहरीहरुलाई मद्दत पुग्ने बताए । 
सांग्रिला डेभलपमेन्ट बैंकले देशभर ११२ शाखा कार्यालयमार्फत बैंकिङ सेवा दिँदै आएको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस