सानिमा बैंकका ग्राहकलाई ‘दराज महाबचत योजना’मा छुट


बैंक खबर । सानिमा बैंकका ग्राहकले दराजको ‘दराज महाबचत योजनामा’ विशेष छूट पाउने भएका छन् । यो योजना २०८० साउन ४ देखि १४ गतेसम्म ११ दिनका लागि लागू हुनेछ । 

योजना अवधिभर ग्राहकले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गरी दराजबाट सामान तथा सेवा खरीद गर्दा छूट पाउन सक्नेछन् । ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम १००० रुपैयाँसम्मको छूट पाउने छन भने क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम १५०० रुपैयाँसम्मको छूट पाउने छन् । छुट प्राप्त गर्न ग्राहकले दराज एपमा भौचर संकलन गर्नुपर्नेछ ।

क्रेडिट कार्ड प्रयोगकर्ताले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । सानिमा बैंकको देशभर १३२ शाखा कार्यालय र १२२ एटीएम काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस