एनआइसी एशिया बैंकले ल्यायो ‘मुद्दती खाता कर्जा’, अनलाइनबाटै २ लाखसम्म कर्जा पाइने


बैंक खबर । एनआइसी एशिया बैंकले मुद्दती खातामा आधारित अनलाइन कर्जा (Online Loan against Fixed Deposit) योजना ल्याएको छ । यस योजना अन्तर्गत बैंकमा मुद्दती निक्षेप राखेका ग्राहकले बैंकको मोबाइल बैंकिङ एप वा वेब साइटबाट अवेदन दिई अधिकतम २ लाख रुपैयाँ नबढ्नेगरी निक्षेपको ९० प्रतिशतसम्म कर्जा तुरुन्तै प्राप्त गर्न सक्नेछन् । 

‘डिजिटल फष्ट बैंक’बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङको प्रवद्र्धन गरिरहेको बैंकले ल्याएको यस कर्जाको लाभ लिन योग्य ग्राहकहरूले मोबाइल बैंकिङ एप वा वेब साइटमा उपलब्ध एप्लाई फर लोन एग्नीस्ट एफडी विकल्पमा जान सक्नेछन् । 

उक्त विकल्प छनौट गरेपछि सिस्टमले आवेदनको मुद्दती खाताको विवरण र निजको खातामा उपलब्ध रकम तत्कालै जानकारी लिनेछ र यसपछि ग्राहकले आफूले चाहेको कर्जा रकमको विवरण भरेपछि २ लाख रुपैयाँसम्मको कर्जाको लागि आवश्यक विवरण भरेपछि ओटीपी कोड प्राप्त हुने बैंकले जनाएको छ । उक्त ओटीपी कोड हालेर सर्त मञ्जुरीमा क्लिक गरेर प्रविष्ट गरेपछि कर्जा रकम ग्राहकको खातामा तुरुन्तै जम्मा हुने बैंकले जनाएको छ । 

साथै, यस योजनमार्फत २ लाख रुपैयाँभन्दा माथिको कर्जाको हकमा भने ग्राहकले डिजिटल फर्म भरेर यस बैंकको शाखाकार्यालयमा गई आवश्यक प्रकृया पूरा गरेपछि कर्जा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यसरी मुद्दती खाताकर्जा प्राप्त गर्ने ग्राहकले हरेक त्रैमासको अन्त्यमा ब्याज भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ । यस्तै कर्जा लिएको एक वर्ष वा मुद्दतीखाता परिपक्व हुने दिनको अघिल्लो दिनसम्म साँवा भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।

न्यूनतम ५ हजार रुपैयाँ कर्जा सीमा उपलब्ध यस योजनामा ग्राहकहरूले प्राप्त गर्ने कर्जाको अधिकतम सीमा, ब्याजदर, प्रकृया शुल्क, कर्जा भुक्तानी सुविधा, पुर्नतालिकीकरण, सर्तहरूका बारेमा कर्जा लिने प्रकृयाको क्रममा जानकारी प्राप्त गर्न सक्नेछन् । 

एनआइसी एशिया बैंकले मुलुकभर ३६० शाखाकार्यालय, ५१९ एटिएम, १११ वटा विस्तारित काउण्टर एवं ६५ वटा शाखा रहितशाखा सञ्जालमार्फत बैंकिङ सेवा दिँदै आएको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस