ब्याजदरबारे बैंकर मनोज ज्ञवालीको धारणा


बैंक खबर । नेपाल बैकर्स एसोसिएसनले वर्षौँदेखि सहमतिमार्फत एउटै ब्याजदर प्रकाशित गर्ने निर्णयलाई यसपटक निरन्तरता दिएन र बैकहरुले आफ्नो रणनैतिक योजनाअनुसार ब्याजदर प्रकाशित गरे । धेरै समय पछि एसिट ल्याबिलिटी कमिटी (एएलसीओ) मा गहन छलफलपश्चात  बैंकहरुले ब्याजदर प्रकाशित गरे । यसरी बैंकहरुले ८.९५ प्रतिशत देखि १०.९८ प्रतिशतसम्मको ब्याजदर प्रकाशित गरेपछि सामाजिक सञ्जालमा फेरी रोइलो र गाली सुरु भयो । हिजोसम्म नेपाल बैंकर्स संघले ब्याजदरमा सिन्डिकेट गर्याे, कार्टेलीङ गर्याे, खुला बजारमा यस्तो किन ? भनेर रोइलो गर्नेहरु फेरी अर्को बहानामा बैकर्स र बैकहरुको बारेमा नराम्रो लेख्न र बोल्न थाले । हैन गर्न पर्ने चै के रैछ ?

म नबिल बैंकसँग सम्बद्ध छु । कतिपय साथीहरुले नबिल जस्तो बंैकले नि किन यस्तो गरेको भनेर प्रश्न गर्नुभयो । यसर्थ यस सम्बन्धमा केही धारणा राख्न चाहे ।

१. खुल्ला बजारमा संस्थाहरुले आफ्नो योजना अनुसारका दरहरु प्रकाशित गर्ने हो । नौ वटा बैकहरुले ब्याजदर घटाएका छन, पाँच वटाले बढाएका छन भने ६ वटाले यथावत प्रकाशित गरेका छन् । औषत उच्चतम ब्याजदर ९.९९ बाट घटेर ९.७८ प्रतिशत कायम भएको छ । यसैले बैकहरुले ब्याजदर औषतमा घटाएका छन् ।

२. बढ्दो खराब कर्जा र घट्दो कर्जा मागका कारण होस वा पुँजी पर्याप्तता यथेष्ट नभएका बैंकहरु यथास्थीतीमा रहने निर्णय लिए र यथावत ब्याजदर कायम गरे । आफ्नो कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) सहज भएका अनि  बजारमा तरलता पर्याप्त छ र केही निक्षेप घट्दैमा फरक पर्दैन लागत घटाऔ, आधार दर घटेमा ब्यापार गर्न पनि सजीलो हुन्छ भन्ने धारणा राख्ने बैकहरुले ब्याजदर घटाए । साउन महिनामा ठूलो रकमको संस्थागत निक्षेप नवीकरण गर्नै पर्ने, सीडी रेसियो ठिक्क भएका र ब्यापार बृद्धि निरन्तरता दिनुपर्छ भनेर रणनीति लिने बैंकहरुले ब्याजदर बढाए । सबैको रणनीति एउटै र अवस्था एउटै हुदैन, यो बुझ्नुपर्दछ ।

३. ब्याजदर बढाउदा पनि समग्र निक्षेपको लागत कम नै रहन्छ किनभने गत बर्षसम्म संस्थागत निक्षेपकर्तालाई मुद्दती निक्षेप व्याक्तिगत निक्षेपकर्ताको भन्दा २ प्रतिशत कम हुनुपर्ने ब्यवस्था थिएन । ब्याजदर बढ्दा पनि ठूलो रकमको संस्थागत निक्षेपकर्ताको निक्षेप कम दरमा नवीकरण हुनेछ । यसैले निक्षेपको औसत लागत घट्ने नै छ । 

४. नबिल बैंकको हकमा, असार सम्म ५.२० प्रतिशत (नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेका कारण १ वर्षसम्म थप १ प्रतिशत स्प्रेड कायम राख्न पाउने सुविधा सहित) रहेको स्प्रेडलाई साउन महिनाभित्र मै ४ प्रतिशतमा झार्नुपर्नेछ । यसरी ब्याजदर अन्तरलाई घटाउदा यसको फाइदा ग्राहकहरुलाई दिनुपर्ने हुन्छ ।  हामीले निक्षेपकर्तालाई ३० प्रतिशतको हाराहारी र कर्जा ग्राहकहरुलाई ७० प्रतिशत हाराहारी लाभ बाड्नुपर्छ भन्ने आधार बनायौँ । १८ लाख भन्दाबढी निक्षेपकर्तालाई ३० प्रतिशत लाभ र ४० हजार हाराहारी कर्जा ग्राहकहरुलाई ७० प्रतिशत लाभ दिन खोज्दा पनि सबै लाभ कर्जा ग्राहकहरुलाई दिनुपर्छ भन्ने कुरा पक्कै राम्रो हुन्थेन । कर्जा ग्राहकहरुलाई एक पटक प्रिमियम घटाइसकेपछी बढाउने कुरामा नेपाल राष्ट्र बैकको निर्दैशन १५ बाधक छदैछ । हामीले एक वर्षसम्मको निक्षेपको ब्याजदर बढाएको छैनौ । बुझेर हेर्दा देखिन्छ की बैंकले रणनीतिक दर प्रकाशित गरेको हो । यति समझदारीपूर्वक लिइएको रणनैतिक निर्णय नबुझेर नबिल जस्तो बैंकले यसो गर्यो भन्ने टिप्पणीमा जवाफ लेख्न मन लाग्यो ।

खुल्ला बजारमा आफ्नो व्यवसायीक रणनीति अनुसार संस्थाहरुले फरक फरक निर्णय लिन्छन र ग्राहकहरुलाई धेरै विकल्पहरू प्राप्त हुन्छ पनि यसर्थ बैकिङ र यसका निर्णयहरुलाई सतही रुपमा बुझेर वितृष्णा फैलाउने प्रकारका टिप्पणी नभइदिए हुन्थ्यो भन्ने अपेक्षा छ ।


 

(नबिल बैंकका महाप्रबन्धक मनोज ज्ञवालीको यो टिप्पणी हामीले उहाँकै फेसबुकबाट साभार गरेका हौं ।)

All financial information at your fingertips.

शेयर गर्नुहोस