सिटिजन्स बैंकद्वारा विभिन्न संस्थालाई आर्थिक सहयोग


बैंक खबर । सिटिजन्स बैंकको नारायणगढ शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री गलेश्वर आश्रम, देवघाटधामलाई आर्थिक सहयोग गरेको छ । तनहुँको देवघाट स्थित संस्कृत गुरुकुलमार्फत देशभरिका विद्यार्थीहरुलाई निःशुल्क संस्कृत शिक्षा प्रदान गर्दै आएको आश्रमलाई बैंकले दुई चरणमा गरी ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । 

बैंकले संस्कृत गुरुकुल भवन निर्माणका लागि यसअघि नै ३ लाख रुपैयाँ र भवन निर्माणको प्रगतिको निरीक्षणपछि अहिले २ लाख रुपैयाँ उपलब्ध गराएको जनाएको छ । 

यस्तै, महोत्तरीको सम्सी शाखाले जनता माध्यमिक विद्यालय, सम्सी प्रवाह महोत्तरीका कक्षा एकका करिब १०० विद्यार्थीलाई सामाजिक उत्तरदायित्व अन्तर्गत झोला वितरण गरेको छ । उक्त विद्यालयमा अधिकांश विद्यार्थीहरू मुस्लिम र दलित समुदायबाट र कमजोर आर्थिक अवस्था भएका छन् । यस कार्यले उनीहरूको शैक्षिक कार्यलाई थोरै भए पनि मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जनाएको छ । सिटिजन्स बैंकको देशैभरमा १८८ वटा शाखा, १४५ वटा एटीएम ३ विस्तारित काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ इकाइहरुबाट सेवा दिँदै आएको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस