एनएमबि बैंकको नयाँ ब्याजदर संशोधन, अब अधिकतम १०.९३ प्रतिशत ब्याज दिने


बैंक खबर । एनएमबि बैंकले असार ३१ गते सार्वजनिक गरेको ब्याजदरमा संशोधन गरेको छ । बैंकले १० वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएको हो । असार ३१ गते बैंकले १० वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपमा १०.९८ प्रतिशत ब्याज दिने भनेर सूचना प्रकाशित गरेको थियो । 

अन्य बैंकहरुको तुलनामा एनएमबि बैंकले सबैभन्दा धेरै ब्याज बढाएको थियो । बैंकर्स संघले भद्र सहमति खारेज गरेपछि संघका अध्यक्ष नै रहेको बैंकले नै ब्याजदर उच्च दरमा बढाएको थियो । तर केही बैंकको विरोध र राष्ट्र बैंकले कारबाही गर्ने चेतावनी दिएपछि एनएमबि बैंकका सीईओ सुनिल केसीले भुलवस बढी ब्याजदर प्रिन्ट भएको भन्दै संशोधन गर्ने प्रतिवद्धता जनाएका थिए । 

यहीकारण बैंकले सोमबार फेरि अर्को सूचना प्रकाशित गरेर १०.९८ प्रतिशत ब्याजदरलाई घटाएर १०.९३ प्रतिशतमा झारेको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस