सानिमा बैंकलाई आईएसओ प्रमाणपत्र प्रदान


बैंक खबर । सानिमा बैंकले आईएसओ प्रमाणपत्र पाएको छ । बैंकले आईएसओ २७००१ः२०१३ प्राप्त गरेको हो । 

बैंकले ग्राहकलाई दिइरहेको सूचना तथा प्रविधिमा आधारित सेवाको लागि यो प्रमाणपत्र पाएको बताइएको छ ।

आईएसओ प्रमाणीकरणले बैंकले ग्राहकको डाटा अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त मापदण्ड अनुसार सुरक्षित राख्न सफल भएको देखाउँछ । 

बैंकको सूचना सुरक्षा व्यवस्थापन प्रणालीको मूल्यांकन एएमटीआईभीओ ग्रुपले गरेको हो ।

बैंकले हाल १३२ शाखा कार्यालय र १२२ एटीएम काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस