आशा लघुवित्तको सीईओमा जया लोहनी नियुक्त


बैंक खबर । आशा लघुवित्त वित्तीय संस्थाले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपछि बनेको आशा लघवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा जया लोहनी नियुक्त भएकी छन् । लोहनी यसअघि राष्ट्र उत्थान लघुवित्तको कार्यकारी सञ्चालक थिइन् । 

लघुवित्तको असार ३१ गते साँझ बसेको सञ्चालक समितिले लोहनीलाई सीईओ नियुक्त गरेको हो । 

यस्तै लघुवित्तको सञ्चालकमा विमल डंगोल, प्रदीपकुमार तिम्सिना र विजयकुमार क्षेत्री नियुक्त भएका छन् । उनीहरु सबै राष्ट्र उत्थानका सञ्चालक थिए । 

आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गरेपछि असार ३१ गतेदेखि एकीकृत कारोबार सुरु भएको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस