आर्थिक वर्षको अन्तिम दिन दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो


सेयर खबर । चालु आर्थिक वर्षको अन्तिम दिन सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक १२.९६ अंकले बढेर २०९७.०९ विन्दुमा कायम भएको छ । 

दिनभर समान्य उतारचढाव भएपनि कारोबार बन्द हुँदा बजार १२ अंकले बढेर बन्द भएको हो । 

यसअघिका दिनमा दैनिक औसत ३ अर्ब रुपैयाँ बढीको कारोबार भएकामा आइतबार तीन अर्ब रुपैयाँ भन्दा कमको कारोबार भएको छ । नेप्सेका अनुसार दुई अर्ब ३७ करोड रुपैयाँ बराबरको ७१ लाख ८४ हजार २५४ कित्ता सेयर किनबेच भएको छ । लगानीकर्ताको सम्पत्ति १८ अर्ब रुपैयाँले बढेको छ । बजार प्ुँजीकरण ३० खर्ब ८२ अर्ब रुपैयाँमा सीमित भएको छ । 

कारोबारमा आएका २१६ कम्पनीको सेयरमध्ये ११७ कम्पनीको सेयरमूल्य घटे पनि बजार हरियो बनेर बन्द भएको हो । ९३ कम्पनीको सेयरमूल्य बढेको छ भने ६ वटाको स्थिर रहेको छ । 

१३ उपसमूहमध्ये ५ वटा घटेका छन भने ८ वटा बढेका छन् । यसदिन सबैभन्दा धेरै म्युचुअल फण्ड समूह २.०६ प्रतिशतले बढेको छ । बैंकिङ समूह पनि १.३३ प्रतिशतले बढेको छ । 

सबैभन्दा धेरै कमाउनेमा पनि म्युचुअल फण्डका इकाइधनीहरु रहेका छन् । सनराइज फोकस्ड इक्यूटी फण्ड १० प्रतिशत बढेको छ भने एनआईबीएल ग्रोथ फण्ड ९.९२ प्रतिशत, सानिमा ग्रोथ फण्ड ९.९० प्रतिशत, सिटिजन्स म्युचुअल फण्ड ९.८३ प्रतिशतले बढेका छन् । माछापुच्छ्रे बैंकको १०.२५ प्रतिशत ब्याज दिने ऋणपत्र पनि ९.४१ प्रतिशत बढेको छ।

सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्टको १९ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसपछि हिमालयन लाइफ इन्स्योरेन्सको १५ करोड ६९ लाख रुपैयाँको कारोबार भएको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस