‘कुमारी सुनौलो लगानी योजना’ आजबाट खुला


बैंक खबर । कुमारी म्युचुअल फण्ड अन्तगर्तत सञ्चालित ‘कुमारी सुनौलो लगानी योजना’का इकाइहरुको कारोबार आज (असार ३१)गतेबाट खुला गरिएको छ । यो योजनाका इकाइहरु लगानीकर्ताले कुमारी क्यापिटलको कार्यालय वा वेबसाइटमा गई खरिद गर्न सक्नेछन् । 

‘कुमारी सुनौलो लगानी योजना’ खुलामुखी योजना हो । 

क्यापिटलले यो योजनामा आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कारोबार गर्न सकिने जनाएको छ । शुक्रबार, शनिबार र अन्य सार्वजनिक बिदाका दिन कारोबार बन्द हुने क्यापिटलले जनाएको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस