सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो, कसले दिन पाउँछ आवेदन ?


बीमा खबर । सिटिजन लाइफ इन्स्योरेन्सले आज (असार ३१ गते)देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको छ । इन्स्योरेन्सले साउन १४ गतेसम्म नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो । 

इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकीत मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर निष्काशन गरेको हो । इन्स्योरेन्सले जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुने एक अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्ने अनुमति पाएको छ । 

निष्काशन गरिने कुल शेयरको १० प्रतिशत अर्थात ११ लख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेकाहरुका लागि निष्काशन गरेको हो । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ११ लाख २५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने इन्स्योरेन्सले जनाएको छ । 

आईपीओका लागि इन्स्योरेन्सले इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी पाएको छ । जसले इन्स्योरेन्सको वित्तीय दायित्व मध्यम सुरक्षित रहेको संकेत गर्छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस