लक्ष्मी र सनराइज बैंकको एकीकृत कारोबार सुरु


बैंक खबर । लक्ष्मी बैंक र सनराइज बैंकबीच एकीकृत कारोबार सुरु भएको छ । सम्पूर्ण मर्जर प्रक्रिया सम्पन्न गरी आज (असार २९)देखि लक्ष्मी सनराइज बैंकको नामबाट कारोबार सुरु भएको हो । 

मर्जरपछि बनेको लक्ष्मी सनराइज बैंकमा लक्ष्मी बैंकबाट ४ जना र सनराइजबाट ३ जना गरी ७ सदस्यीय सञ्चालक समिति गठन भएको छ ।  लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल नयाँ बैंकको अध्यक्ष बन्नेछन् । प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा लक्ष्मी बैंकका अजयबहादुर शाह नियुक्त हुनेछन् । 

लक्ष्मी र सनराइज बैंक एक बराबर एकको स्वाप रेसियोमा मर्जरमा गएका हुन् । मर्जरपश्चात बनेको बैंकको चुक्ता पुँजी २१ अर्ब ६७ करोड रुपैयाँ कायम भएको छ । यस्तै निक्षेप २ खर्ब ८७ अर्ब रुपैयाँ र कर्जा प्रवाह २ खर्ब ५९ अर्ब रपैयाँ पुग्नेछ । 

बैंकको शाखा सञ्जाल २८४ पुग्नेछ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस