मलेसियन कम्पनी म्याक्स मनिसँग कारोबार नगर्न राष्ट्र बैंकको निर्देशन


बैंक खबर । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र मनि ट्रान्सफर कम्पनीहरुलाई मलेसियन कम्पनी म्याक्स मनिसँग कारोबार गर्न प्रतिबन्ध लगाएको छ । म्याक्स मनिले मलेसियामा नेपाली श्रमिकबाट उठाएको रेमिट्यान्स नेपालमा भुक्तानी नगरेपछि कारोबार गर्न रोक लगाइएको केन्द्रीय बैंकले जनाएको छ । 

मलेसियन कम्पनी म्याक्स मनिसँग कारोबार गर्न रोक लगाइएको यो दोस्रोपटक हो । यसअघि २०७५ मंसिर १२ र फागुन २ गतेका परिपत्रहरुमार्फत उक्त कम्पनीलाई कारोबार गर्न प्रतिबन्ध लगाएको थियो । तर पछि आंशिक भुक्तानी गरेपछि २०७६ माघ ५ गतेदेखि फुकुवा गरेको थियो । 

अहिले फेरी राष्ट्र बैंकले तोकेको सर्त पालना नगरेको र भुक्तानी नपठाएपछि कारोबार प्रतिबन्ध लगाएको हो । म्याक्स मनिले नेपाली बैंक तथा वित्तीय संस्था, मनि ट्रान्सफर लगायतका संस्थाहरुलाई ६० करोड रुपैयाँ भन्दा बढी भुक्तानी पठाउन बाँकी रहेको बुझिएको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस