ग्लोबल आइएमई बैंकका ग्राहकले मेट्रो मार्टमा सामान किन्दा छुट पाउने


बैंक खबर । ग्लोबल आइएमई बैंकका ग्राहकले मेट्रो मार्टमा सामान किन्दा छुट सुविधा पाउने भएका छन् । बैंकका अनुसार आफ्ना ग्राहकलाई मेट्रो मार्टका काठमाडौंभित्रका स्टोरहरूबाट स्मार्ट क्यूआरमार्फत सामान किन्दा १० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ । 

छुट पाउनका लागि बैंकको ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एपबाट मेट्रो मार्टमा राखिएका स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी  गर्नुपर्छ । बैंकका अनुसार एकपटकको खरिदमा १०० रुपैयाँ र योजना अवधिभर ३०० रुपैयाँसम्म मात्रै छुट पाउन सकिन्छ । 
 

All banking information at your fingertips

शेयर गर्नुहोस