एकीकृत कारोबारका लागि सनराइज र लक्ष्मी बैंकको सम्पूर्ण सेवा दुई दिन बन्द


बैंक खबर । असार २९ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने प्रयोजनका लागि सनराइज बैंक र लक्ष्मी बैंकले असार २७ र २८ गते क्रेडिट कार्डबाहेकका सम्पूर्ण बैंकिङ सेवा बन्द गरेका छन् । 

दुवै बैंकले डाटा माइग्रेसनको काम पुरा गर्नुपर्ने भएकाले दुई दिन सबै सेवा पूर्णरुपमा बन्द हुने जनाएका छन् । 
लक्ष्मी बैंक र सनराइज बैंककले मर्जर सम्बन्धी सम्पूर्ण प्रक्रिया पुरा गरी असार २९ गतेदेखि लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार गर्दैछन् । 

यी दुई बैंकबीच गत जेठ ८ गते मर्जरका लागि अन्तिम सम्झौता भएको थियो । दुबै बैंकको असार ३ गते सम्पन्न साधारणसभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको थियो । यस्तै नेपाल राष्ट्र बैंकबाट असार २२ गते, कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार २४ गते र नेपाल धितोपत्र बोर्डबाट असार २५ गते अन्तिम स्वीकृति पाएको थियो ।
 

All financial information at your fingertips.

शेयर गर्नुहोस