शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले जित्यो 'इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२'


बैंक खबर । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ पाएको छ । इण्डियन च्याम्बर अफ कमर्सले प्रदान गर्ने यो अवार्डका लागि भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र नेपाल गरी ६ देशका बैंक तथा वित्तीय संस्था प्रतिस्पर्धामा थिए ।

बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरिजका आधारमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले यो अवार्ड जितेको हो । 

यो अवार्ड भारतको गोवामा शनिबार वितरण गरिएको थियो । अवार्ड बैंकका ब्रान्डिङ हेड प्रभास राईले ग्रहण गरेका थिए । 

४ अर्ब २८ करोड रुपैयाँ चुक्ता पूँजी भएको शाइन रेसुङ्गाले देशभर ८८ वटा शाखा, एक एक्सटेन्सन काउन्टर र १६ एटीएमबाट बैंकिङ सेवा दिँदै आएको छ । 
 

All financial informatin at your fingertips.

शेयर गर्नुहोस